१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

निर्वाचन आयोगबाट हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई मान्यता



काठमाडौं । निर्वाचन आयोगले हर्क साम्पाङद्वारा स्थापित श्रम संस्कृति पार्टीलाई आधिकारिक मान्यता प्रदान गरेको छ।

शनिबार आयोग कार्यालयमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर साम्पाङ आफै उपस्थित भएर पार्टी दर्ताको प्रमाणपत्र ग्रहण गरेका हुन्।

प्रमाणपत्र बुझ्दै साम्पाङले ‘गफले होइन, उत्पादनमार्फत मात्रै रोजगारी सिर्जना सम्भव हुन्छ’ भन्दै उत्पादनमुखी अर्थतन्त्रमा जोड दिए। उनले देशमा रोजगारीका अवसर सिर्जना गर्न उत्पादन र निर्माणमा जोड दिनुपर्ने र श्रम, संस्कृति तथा सामाजिक रूपान्तरणका लागि पार्टी फिल्डमा खटिने बताएका छन्। “देश आफैंले बनाउने मौलिक शैली अपनाउने समय आएको छ,” साम्पाङले भने ।

साम्पाङले गत असोज १२ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले पनि भाग लिने तयारी गरेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : ५५ बजे

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर

वर्षायाममा किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौँ । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट