२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : अध्यक्ष साम्पाङ



खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् ।

गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जिकिर गरे ।

धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहेका अध्यक्ष साम्पाङले स्पष्ट दृष्टिकोण भएका नेताहरूबाट मात्र देश विकास हुने भन्दै आफूहरू देश विकासका खाकासहित अगाडि बढेको बताए । “नेताहरुले पटक–पटक एउटै समस्याको समाधान गर्छु भनेर भोट मागेको देखिन्छ, तर समस्या समाधान हुँदैन । एउटै योजनामा पटकपटक बजेट हालेर पनि योजना बन्दैन । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्षम नेतालाई भोट गर्न आवश्यक छ”, उनले भने ।

पार्टी अध्यक्ष साम्पाङले अब कुरा भन्दा श्रम गर्नेलाई अवसर दिनुपर्ने र त्यसका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा तत्कालीन जिल्ला विकास समिति खोटाङका पूर्वउपसभापति सीताराम राई, पहिचानवादी नेता मोहन गुरुङलगायत विभिन्न पार्टी परित्याग गरि श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए ।

कार्यक्रममा पार्टीको खोटाङमा प्रताप राईको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको जनाकारी दिइएको थियो । समितिको उपाध्यक्षमा उमा चाम्लिङ, सङ्गीता किराती र राजेन्द्र राई, सचिवमा धनीराम नछुङ, सहसचिवमा भविराज राई र मिलन खड्का, कोषाध्यक्षमा कौशिला राई, सहकोषाध्यक्षमा सुवास राई र प्रवक्तामा राजन राई रहेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ८ : ३६ बजे

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा संसदमा परराष्ट्रमन्त्रीको स्पष्टिकरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा व्यक्त

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण सुरु

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई