२० मंसिर २०८२, शनिबार | December 6, 2025

एमालेद्वारा ‘युथ भोलेन्टियर फोर्स’ गठन



काठमाडौं । नेकपा एमालेले ‘युथ भोलेन्टियर फोर्स’ नामक लडाकु संरचना गठन गरेको छ।

आइतबार भक्तपुरको गुण्डुमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलाले फोर्सको घोषणा गरेको हो।

भेलाले एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतको संयोजकत्वमा युथ भोलेन्टियर फोर्स विधान तथा कार्यपत्र समिति गठन गरेको छ।

भेलामा बस्नेतले फोर्सले अराजकता नियन्त्रण र समाजमा सकारात्मक प्रभाव पार्ने काम गर्ने बताए। उनले युवाहरूलाई देश निर्माणको अग्रपंक्तिमा उभ्याउने उद्देश्य फोर्सको रहेको उल्लेख गरे।

त्यसैगरी, एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धामा मैदान खुला रहेको बताए। उनले पार्टीविरुद्धका गतिविधि गर्नेहरूको व्यवहार सह्य नहुने चेतावनी दिए।

समितिमा बस्नेतसहित समिक बडाल, विनोद पाण्डे, निशा लिम्बू, विनिता काफ्ले, महेश चौलागाईंलगायत रहेका छन्।

एमालेले ‘युथ भोलेन्टियर फोर्स’लाई पार्टीको सुरक्षात्मक संरचना (रक्षाकवच)को रूपमा लिएको बताइएको छ। फोर्सको औपचारिक नेतृत्व घोषणा भने आगामी मंसिर ५ गते गर्ने तयारी गरिएको बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ४ : ०४ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय