१ आश्विन २०८३, बिहिबार | September 17, 2026

राष्ट्रपति पौडेल कतार प्रस्थान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार कतार प्रस्थान गरेका छन् । कतारको राजधानी दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ प्रस्थान गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार ३० वर्षपछि पुनः आयोजना हुन लागेको यो सम्मेलन सन् १९९५ मा पहिलोपटक डेनमार्कको कोपनहेगनमा भएको थियो ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएका छन् ।

कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ९ : ३५ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको