१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको हो ।

आज ३३३ कम्पनीको एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ५४ हजार ८९२ पटक खरिदबिक्री हुँदा रु छ अर्ब पाँच करोड २२ लाख २६ हजार ९०३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक समूह एक दशमलव ११, होटल तथा पर्यटन शून्य दशमलव ०१, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, म्युचुअल फन्ड शून्य दशमलव २९, व्यापार शून्य दशमलव ९३ र अन्य समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव २२, वित्त शून्य दशमलव १२, जलविद्युत् एक दशमलव ०५, लगानी शून्य दशमलव ७०, जीवन बीमा एक दशमलव ०५, लघुवित्त शून्य दशमलव ६३ र निर्जीवन बीमा शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३७ करोड ६८ लाख २४ हजार ४९४ बराबरको छ लाख १९ हजार ११४ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ४ : ११ बजे

भुटानमा शिंताफू हिमताल फुट्यो, लाया क्षेत्र सडक सम्पर्कविहीन

काठमाडौं । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि

एनपीएलमा आज विश्राम, शनिबार दुई खेल

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज

स्याफ्रुबेँसी-खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान