१३ भदौ २०८३, शनिबार | August 29, 2026

किसान श्रेष्ठले भने – पदका लागि होइन, निःशर्त मुलघर एमाले फर्किंदैछौं



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःशर्त नेकपा एमालेमा फर्किन लागेको स्पष्ट पारेका छन्।

बबरमहलमा रामकुमारी झाँक्री लगायतका नेताहरुद्वारा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफूहरू कुनै पद वा स्वार्थका लागि नभई, आफ्नो “मूलघर” एमालेमा सम्मानपूर्वक फर्किन लागेको बताए।

श्रेष्ठले भने, “हामी कसैसँग समाहित वा एकता होइन, बरु आफूले पसिना बगाएको र जीवन अर्पण गरेको मूलघर एमालेमा फर्किन लागेका हौं। अहिले हामी एमालेसँग निरन्तर वार्ता र संवादमा छौं।”

उनका अनुसार आफू र उनका सहकर्मीहरूले पार्टी प्रवेशका सन्दर्भमा कुनै शर्त राखेका छैनन। “हामीलाई कुनै पद वा जिम्मेवारी चाहिएको छैन,” श्रेष्ठले भने, “हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ भन्ने भावना राखेका छौं।

 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ५८ बजे

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई