२० मंसिर २०८२, शनिबार | December 6, 2025

किसान श्रेष्ठले भने – पदका लागि होइन, निःशर्त मुलघर एमाले फर्किंदैछौं



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःशर्त नेकपा एमालेमा फर्किन लागेको स्पष्ट पारेका छन्।

बबरमहलमा रामकुमारी झाँक्री लगायतका नेताहरुद्वारा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफूहरू कुनै पद वा स्वार्थका लागि नभई, आफ्नो “मूलघर” एमालेमा सम्मानपूर्वक फर्किन लागेको बताए।

श्रेष्ठले भने, “हामी कसैसँग समाहित वा एकता होइन, बरु आफूले पसिना बगाएको र जीवन अर्पण गरेको मूलघर एमालेमा फर्किन लागेका हौं। अहिले हामी एमालेसँग निरन्तर वार्ता र संवादमा छौं।”

उनका अनुसार आफू र उनका सहकर्मीहरूले पार्टी प्रवेशका सन्दर्भमा कुनै शर्त राखेका छैनन। “हामीलाई कुनै पद वा जिम्मेवारी चाहिएको छैन,” श्रेष्ठले भने, “हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ भन्ने भावना राखेका छौं।

 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ५८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति