५ श्रावण २०८३, मंगलबार | July 21, 2026

अर्बन मोटर्सद्वारा बुटवलमा नयाँ डिलरशिप शोरूम उद्धाटन : लीपमोटर B10 सार्वजनिक



बुटवल । बुटवलमा लीपमोटरको आधिकारिक डिलर अर्बन मोटर्स प्रालिले लीपमोटर B10 बिक्रीका लागि सार्वजनिक गरेकाे छ । बुधबार कालिका चोक, वडा नं ११, बुटवलमा आफ्नो नयाँ डिलरशिप शोरूम उद्धाटन गर्द लीपमोटरको नयाँ B10 पनि सार्वजनिक गरिएकाे संचालक सिम्स थापाले जनाए ।

यो नेपालमा लीपमोटर सवारी साधनहरूको एकमात्र वितरक सांग्रिला मोटर्स प्रा.लि.को वितरकत्व अन्तर्गत पश्चिमी नेपालमा लीपमोटरको उपस्थितिलाई सुदृढ पार्ने एउटा महत्त्वपूर्ण कदम रहेकाे अर्का संचालक राेशन ज्ञवालीले जनाए ।

नयाँशोरूमले बिक्री, सेवा, स्पेयर पार्ट्सको सुविधा, टेस्ट ड्राइभ अवसरका साथे कस्टमर सपोर् सेवा उपलब्ध गराउने उनको भनाइ छ ।

उद्वाटन कार्यक्रममा विशेष अतिथिहरू, मिडिया प्रतिनिधिहरू र अटोमोटिभ समुदायका विशिष्ट सदस्यहरूको उपस्थिति रहेको थियो ।

याे विस्तारसॅगे अर्बन मोटर्सले यस क्षेत्रका ग्राहकहरूका लागि लीपमोटरको उन्नत ईभी प्रविधि र भरपर्दों आफ्टर-सेल्स सेवा अझे पहँचयोग्य बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

लीपमोटर बी 10 ले स्मार्ट सुविधाहरु, सुरक्षा र आधुनिक डिजाइनको संयोजन गरेकाे, ६७ दशमलव १ kwh LFp ब्याट्रीद्वारा संचालित रहेकाे र जसले ६०० किलोमिटरसम्म CLTC-प्रमाणित दायरा र सहज प्रदर्शनको लागि १६० kW मोटर प्रदान गर्ने सांग्रिला कम्पनीका संचालक जय गाेल्छाले जनाए । उनका अनुसार याे कारमा Al-संचालित ककपिट, OाA अपडेटहरू र उन्नत ड्राइभर असिस्टेन्स प्रणाली जस्तै लेन असिस्ट, आपतकालीन ब्रेकिङ र ३६० क्यामेरा जस्ता सुविधाहरू रहेकाे उनको भनाइ छ ।

कम्पनीका अनुसार लीपमोटर बी १० दुई भेरियन्टमा उपलब्ध छ लाइफ, ५५ लाख (अफर मूल्यः रु. ४९.९९ लाख) र डिजाइन, रू. ६० लाख (अफर मूल्यःरू ५६.९९ लाख)। बुटवलका ग्राहकहरूले अब अर्बन मोटर्सको शोरूममा गएर लीपमोटर B10 र लीपमोटर का अन्य विद्युतीय सवारी साधनहरूबारे जानकारी लिन सक्ने जनाएको छ ।

बुटवलमा लिपमाेटरसँगै सिट्राेनका गाडीहरू पनि बिक्री भइरहेकाे रितेश शाक्यले जनाए । यसकाे नेपालकाे मुख्य कम्पनी सांग्रिला रहेकाे र बुटवलमा अर्बनले लिपमाेटरकाे नाममा बिक्रीवितरण थालेकाे उनको भनाइ छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ४ : १८ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान