३१ भदौ २०८३, बुधबार | September 16, 2026

आजको दिन नेपाली कम्युनिष्ट इतिहासमा कहिल्यै नबिर्सिने हुनेछ : प्रचण्ड



काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता भएको आजको दिनलाई इतिहासमा कहिल्यै नबिर्सिने दिनको रूपमा वर्णन गरेका छन्।

बुधबार भृकुटीमण्डपमा आयोजित एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले १० वटा घटकबीच भएको एकतालाई अभूतपूर्व र असाधारण भएको बताए। प्रचण्डका अनुसार यति ठूलो एकता नेपालको राजनीतिक इतिहासमा पहिलोपटक भएको हो।

“आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा कहिल्यै नबिर्सिने हुनेछ। दुई–तीन घटकबीच एकता हुने त भयो होला, तर एकैचोटि १० वटा घटकबीचको यस्तो ऐतिहासिक एकता यसअघि भएको छैन,” उनले भने।

उनले नवगठित पार्टीलाई निकट भविष्यमा देशको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने विश्वास पनि व्यक्त गरे। “अब यो पार्टीलाई देशको नम्बर एक पार्टी बन्न कसैले रोक्न सक्दैन,” प्रचण्डले दृढ स्वरमा भने।

त्यसक्रममा उनले जेनजी आन्दोलनको भूमिकालाई पनि विशेष रूपमा उल्लेख गर्दै उक्त आन्दोलनका युवाहरूले पार्टीलाई आत्ममूल्यांकन गर्न बाध्य बनाएको बताए। “तपाईंहरूकै आन्दोलनले हाम्रो कमजोरी उजागर गरिदियो, हामी कहाँ चुकेका थियौं भन्ने कुरा देखायो,” प्रचण्डले भने।

उनले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा उठेका आवाजप्रति धन्यवाद ज्ञापन गर्दै सहिदहरूलाई सम्मान प्रकट गरे।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : ०८ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज