काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । बिहीबार दिउँसो १ बजे भृकुटीमण्डपमा जनसभा आयोजना गर्दै सो पार्टीले राजनीतिक प्रदर्शनको कार्यक्रम तय गरेको हो ।
पार्टीका अनुसार मध्याह्न १२ बजे सुन्धाराबाट प्रदर्शन सुरू हुनेछ, जसले विभिन्न मार्ग हुँदै भृकुटीमण्डप पुगेर जनसभाको रूप लिनेछ ।
यसैबीच, बुधबार चिरन पुन समूहले नेकपा (माओवादी केन्द्र)सहित १० वाम घटकसँग एकीकृत हुँदै ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा गरेपछि विप्लव नेतृत्वको नेकपामा आन्तरिक राजनीतिक तरंग आएको छ ।
जेनजी आन्दोलनपछि वाम एकताको पहल गरेका विप्लव भने उक्त एकतामा सहभागी भएका छैनन् । उनले आफ्नो दललाई निर्वाचन आयोगमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा दर्ता गराएका छन् ।



















प्रतिक्रिया