२२ भदौ २०८३, सोमबार | September 7, 2026

हङकङ सुपर सिक्सेसमा आज नेपाल र अफगानिस्तान आमनेसामने, शरद भेषावकरको कप्तानीमा टोली मैदानमा



काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता शुक्रबार बिहान पौने ९ बजेबाट हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा सुरु हुँदैछ ।

नेपालले यसअघि अनुभवी ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा टोली घोषणा गरिसकेको छ । छोटो स्वरूपको यो क्रिकेट (छ ओभरको खेल) गतिशीलता, तीव्र आक्रमण र फरक रणनीतिको प्रयोगमा आधारित रहनेछ ।

शरदको कप्तानीमा नेपाली टोलीमा सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान रहेका छन् ।

प्रतियोगितामा नेपालसहित १२ राष्ट्र सहभागी छन् । चार समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा दक्षिण अफ्रिका र अफगानिस्तान सँग रहेको छ ।
त्यस्तै, समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’ मा भारत, पाकिस्तान र कुवेत तथा समूह ‘डी’ मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन् ।

यस प्रतियोगिताका प्रत्येक खेल छ ओभरका हुनेछन् र प्रत्येक टोलीमा छ खेलाडीले खेल्न पाउने प्रावधान छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ८ : २५ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको