६ श्रावण २०८३, बुधबार | July 22, 2026

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको १७ औं साधारणसभा सम्पन्न

९ औं अधिवेशनको निर्वाचन प्रक्रिया सुरु



बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको १७औं वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । सो अवसरमा प्रतिष्ठानको ९ औं अधिवेशनका लागि निर्वाचन प्रक्रिया पनि सुरु भएको छ ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका आजीवन सदस्य तथा सल्लाहकार खेमबहादुर हमालले संस्थालाई थप गतिशील र एकताबद्ध रूपमा अघि बढाउन सुझाव दिए । उनले पुराना अग्रज कलाकारको सम्मान र नयाँ प्रतिभाको संरक्षणमा विभेदरहित कार्य गर्नुपर्नेमा जोड दिए । रुपन्देहीले विगतदेखि हालसम्म थुप्रै राष्ट्रियस्तरका कलाकार जन्माएको उल्लेख गर्दै उनले प्रतिष्ठानको गरिमा कायम राख्न सबै सदस्यलाई आह्वान गरे ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य दीपक गर्बुजा, लुम्बिनी प्रदेश अध्यक्ष दीपु मगर, अभिभावक राधेश्यामराज भण्डारी, सल्लाहकार टंक गैरे, प्रकाशराज पौडेल, आजीवन सदस्य ज्ञानेन्द्र कसजु लगायतले शुभकामना व्यक्त गरे । उद्घाटन सत्र सचिव विधान कार्कीको सञ्चालन र अध्यक्ष विजय सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

छ वटा विधामा सम्मान र पुरस्कार वितरण

प्रतिष्ठानले वार्षिक साधारणसभाको अवसरमा छ वटा विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सर्जक डिल्लीनारायण पाण्डेयलाई स्रष्टा सम्मान, नारायणप्रसाद भुसाललाई संस्थागत सम्मान, पत्रकार मिलन गाहालाई लोक पत्रकारिता पुरस्कार, यम पुनलाई कुशल वाद्यवादक पुरस्कार, सम्झना खत्रीलाई नव प्रतिभा पुरस्कार र दयाम न्यौपानेलाई ज्येष्ठ आजीवन सदस्य सम्मान प्रदान गरिएको हो । सबै सम्मानित व्यक्तिलाई नगद ७ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको थियो ।

अध्यक्षमा दुई उम्मेदवारको दाबी

प्रतिष्ठानको नयाँ नेतृत्वका लागि शनिबारदेखि उम्मेदवारी दर्ता सुरु भएको छ । निर्वाचन समितिका सदस्य खिमानन्द भट्टराईका अनुसार पदाधिकारीसहित २३ पदका लागि उम्मेदवारी दर्ता भएको छ । आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको जनाइएको छ ।

निर्वाचन समितिले प्रकाशित गरेको सूचना अनुसार अध्यक्ष पदका लागि हालका प्रथम उपाध्यक्ष रितु थापा र द्वितीय उपाध्यक्ष रेशम खनालबीच प्रतिस्पर्धा हुने भएको छ ।

उम्मेदवारहरुको सूची :

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ८ : २२ बजे

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न