काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा शनिबार पेरिसडाँडामा बसेको बैठकले आगामी निर्वाचन तयारीलाई व्यवस्थित र प्रभावकारी अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो ।
बैठकले पार्टीअन्तर्गतका जनवर्गीय सङ्गठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टी संरचनासँग समन्वय गरी व्यापक जनपरिचालन अभियान सञ्चालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
हालै कात्तिक १९ गते सम्पन्न एकता राष्ट्रिय सम्मेलनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित १० वटा कम्युनिष्ट दलहरू एक भई नयाँ “नेपाली कम्युनिष्ट पार्टी” गठन भएको थियो ।


















प्रतिक्रिया