२२ भदौ २०८३, सोमबार | September 7, 2026

इन्जुरी समयको अन्तिम मिनेटमा गोल, पिएसजीको लियोनमाथि रोमाञ्चक जित



काठमाडौं । फ्रेन्च लिग-१ अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै लियोनमाथि सनसनीपूर्ण जित निकालेको छ ।

निर्धारित समयपछि थपिएको पाँचौं मिनेटमा जोएओ नेभेसले हेडमार्फत निर्णायक गोल गर्दै पिएसजीलाई ४-३ को जित दिलाए ।

अतिरिक्त समयको तीन मिनेटअघि लियोनका डिफेन्डर निकोलस ट्याग्लियाफिको लगातार दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए । खेलमा दुई मिनेटपछि पिएसजीले निर्णायक गोल गर्दै जित सुनिश्चित गरेको हो ।

रोमाञ्चक बनेको खेलको पहिलो हाफमै लगातार तीन गोल भएका थिए । खेलको २६औं मिनेटमा वारेन जायर एमरीले पिएसजीलाई अग्रता दिलाए भने ३० औं मिनेटमा लियोनका अफोन्सो मोरेइराले बराबरी गोल फर्काए । त्यसपछि ३३ औं मिनेटमा खिभिखा काभारात्खेलियाले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५०औं मिनेटमा लियोनका आइन्सली मेटल्यन्डले गोल गर्दै खेल बराबरीमा फर्काए पनि अन्ततः इन्जुरी समयको अन्तिम क्षणमा पिएसजीले बाजी मारेको हो ।

यो जितसँगै १२ खेलपछि पिएसजी २७ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : २० बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा