१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

इन्जुरी समयको अन्तिम मिनेटमा गोल, पिएसजीको लियोनमाथि रोमाञ्चक जित



काठमाडौं । फ्रेन्च लिग-१ अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै लियोनमाथि सनसनीपूर्ण जित निकालेको छ ।

निर्धारित समयपछि थपिएको पाँचौं मिनेटमा जोएओ नेभेसले हेडमार्फत निर्णायक गोल गर्दै पिएसजीलाई ४-३ को जित दिलाए ।

अतिरिक्त समयको तीन मिनेटअघि लियोनका डिफेन्डर निकोलस ट्याग्लियाफिको लगातार दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए । खेलमा दुई मिनेटपछि पिएसजीले निर्णायक गोल गर्दै जित सुनिश्चित गरेको हो ।

रोमाञ्चक बनेको खेलको पहिलो हाफमै लगातार तीन गोल भएका थिए । खेलको २६औं मिनेटमा वारेन जायर एमरीले पिएसजीलाई अग्रता दिलाए भने ३० औं मिनेटमा लियोनका अफोन्सो मोरेइराले बराबरी गोल फर्काए । त्यसपछि ३३ औं मिनेटमा खिभिखा काभारात्खेलियाले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५०औं मिनेटमा लियोनका आइन्सली मेटल्यन्डले गोल गर्दै खेल बराबरीमा फर्काए पनि अन्ततः इन्जुरी समयको अन्तिम क्षणमा पिएसजीले बाजी मारेको हो ।

यो जितसँगै १२ खेलपछि पिएसजी २७ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : २० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा