काठमाडौं । चार वर्षअघि नेकपा (एमाले) छोडेका रामकुमारी झाँक्री, किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ र पिताम्बर तिमल्सिनासहितका नेताहरू पुनः एमालेमा फर्किएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा उनीहरू औपचारिक रूपमा एमालेमा पुनः प्रवेश गरेका हुन् ।
सो अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डा प्रदान गरे भने श्रेष्ठ र तिमल्सिनाले प्रतीकात्मक रूपमा ओलीलाई कलम प्रदान गरे ।
२०७८ भदौ २ गते माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सक्रिय रहेका यी नेताहरू पछिल्ला दिनहरूमा असन्तुष्ट हुँदै आएका थिए । माओवादी केन्द्रसहितका १० घटकसँग पार्टी विलयको तयारी भएपछि उनीहरूले एमालेमा फर्किने निर्णय गरेका हुन् ।
०७८ सालमा विभाजनको समयमा झाँक्रीले नेपालको हात समाउँदै अघि बढाएको दृश्य निकै चर्चित बनेको थियो । लामो समयको राजनीतिक उतारचढावपछि उनीहरू फेरि एमालेमा फर्किएर पुरानै राजनीतिक यात्रामा पुनः प्रवेश गरेका छन् ।


















प्रतिक्रिया