३० असार २०८३, मंगलबार | July 14, 2026

रामकुमारी झाँक्रीसहितका नेता चार वर्षपछि एमालेमा पुनः फर्किए



काठमाडौं । चार वर्षअघि नेकपा (एमाले) छोडेका रामकुमारी झाँक्री, किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ र पिताम्बर तिमल्सिनासहितका नेताहरू पुनः एमालेमा फर्किएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा उनीहरू औपचारिक रूपमा एमालेमा पुनः प्रवेश गरेका हुन् ।

सो अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डा प्रदान गरे भने श्रेष्ठ र तिमल्सिनाले प्रतीकात्मक रूपमा ओलीलाई कलम प्रदान गरे ।

२०७८ भदौ २ गते माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सक्रिय रहेका यी नेताहरू पछिल्ला दिनहरूमा असन्तुष्ट हुँदै आएका थिए । माओवादी केन्द्रसहितका १० घटकसँग पार्टी विलयको तयारी भएपछि उनीहरूले एमालेमा फर्किने निर्णय गरेका हुन् ।

०७८ सालमा विभाजनको समयमा झाँक्रीले नेपालको हात समाउँदै अघि बढाएको दृश्य निकै चर्चित बनेको थियो । लामो समयको राजनीतिक उतारचढावपछि उनीहरू फेरि एमालेमा फर्किएर पुरानै राजनीतिक यात्रामा पुनः प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ४ : २९ बजे

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित