६ श्रावण २०८३, बुधबार | July 22, 2026

खजुरा क्यान्सर अस्पतालमा रगतको अभाव



खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रगतको अभाव भएपछि बिरामीहरुले सास्ती खेप्न बाध्य बनेका छन् । अस्पताल परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा नियमित रक्तदान नहुँदा अस्पतालमा रगतको अभाव भएको हो ।

अस्पतालको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि बिरामीका लागि नेपालगन्ज र कोहलपुरबाट रगत ल्याउनुपर्ने बाध्यता रहेको बिरामीका कुरुवाहरुले जनाएका छन् । अस्पतालमा शल्यक्रिया भएका कञ्चनपुरका मालती चौधरीका अभिभावकले कोहलपुरबाट रगत ल्यायर रगत दिएको बताए ।

अस्पताल परिषरमा नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार केन्द्र संचालनमा ल्याएपनि संघ संस्थाहरुबाट नियमित रक्तदान नहुँदा रगतको अभाव भएको केन्द्रका प्रमुख प्राबिधिक होम गिरीले बताए । दिनहुँ रगतका लागि बिरामीका कुरुवाहरु रगत माग्न आउने गरेपनि उनीहरुसँग शोधभर्ना गर्ने कोही नहुँदा स्टकमा रहेको रगत घट्दै गएको उनले जनाए । विशेषगरि कर्णाली र सुदूरपश्चिमका बिरामीहरुको क्यान्सर उपचारको केन्द्र बनेको सो अस्पतालमा टाढाबाट आउने बिरामीका आफन्त नजिक नहुँदा शोधभर्ना हुन नसक्ने समस्या देखिएको केन्द्रका प्रमुख गिरीको भनाई छ ।

शोधभर्ना गर्न नसक्ने बिरामीका लागि गिरी आफैले नियमित रक्तदाता, नजिकै रहेको प्रहरी गुल्म र अस्पतालका कर्मचारीलाई आग्रह गरेर रगतको व्यवस्था मिलाईदिने गरेका छन् । रक्तदाताहरुबाट मासिक ६० देखि ७० पिन्ट रगत मात्र प्राप्त हुने गरेको केन्दमा महिनामा २०० पिन्ट रगतको माग आउने गरेको गिरीले बताए । खजुरा र यसआसपासमा रहेका संघ संस्थाहरुलाई संगठितरुपमा रक्तदान गर्न पनि उनले आग्रह गरे । ओ पोजिटिभ रगतको अति अभाव रहने गरेको उनको भनाई छ ।

क्यान्सरको उपचारका क्रममा हुने शल्यक्रियामा अधिकांस बिरामीहरुलाई रगतको आवश्यकता पर्ने गर्दछ ।

२०८० भाद्रमा स्थापना भएको खजुरा रक्त सञ्चार केन्द्रलाई बिभिन्न स्थायी उपकरणहरु खजुरा गाउँपालिकाले दिएको र केही जनशक्ति खजुरा गाउँपालिकाले उपलब्ध गराएको छ भने आवश्यक सामाग्री र अपुग जनशक्ति जिल्ला रेडक्रसले आपुर्ति गर्दै आएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : ३२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं