२३ चैत्र २०८२, सोमबार | April 6, 2026

एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै



काठमाडौं । नेकपा (एमाले) ले आज देशभरका सबै ७५३ वटै स्थानीय तहमा जनपरिचालन कार्यक्रम अन्तर्गत भव्य जनप्रदर्शन गर्दैछ । प्रतिगामी षड्यन्त्रका विरुद्ध देशव्यापी जनपरिचालन गर्ने निर्णय अनुसार पार्टीले वडा, पालिका, जिल्ला र राष्ट्रिय तहमा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंसिर २२ गतेसम्म देशभरका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरू सम्पन्न भइसकेका छन् । ती भेलामा भदौ २४ पछि उत्पन्न राजनीतिक परिस्थिति, संसद् विघटनको घटनाक्रम र एमालेको आगामी बाटोबारे कार्यकर्तालाई स्पष्ट पारिएको थियो ।

गौतमका अनुसार आजका पालिका स्तरका जनप्रदर्शनहरूमा कतिपय ठाउँमा मोटरसाइकल र्‍यालीमार्फत शक्ति प्रदर्शन भइरहेको छ भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका जनसभाहरू आयोजना भएका छन् । पार्टी केन्द्रले “जनतालाई जागाउने” उद्देश्यका नाराहरू तय गरेको र जनप्रदर्शनलाई भव्य बनाउन सबै सहभागीले एमालेको झण्डा बोकेर सहभागी हुन निर्देशन दिइएको छ ।

कार्यक्रमका क्रममा जनप्रदर्शन घना बस्ती भएका क्षेत्रहरूमा सञ्चालन गर्न, अन्त्यमा छोटो कोणसभा आयोजना गर्न र त्यस सभामा वर्तमान राजनीतिक अवस्थाबारे जनतालाई जानकारी दिन स्थानीय नेताहरूलाई जिम्मेवारी तोकिएको छ ।

एमालेले सबै कार्यकर्तालाई जनप्रदर्शनका तस्बिर, भिडियो र प्रमुख विषयवस्तु सामाजिक सञ्जालमा शेयर गर्न तथा सञ्चारमाध्यमहरूमा पठाउन निर्देशन पनि दिएको छ ।

आजको जनप्रदर्शन कात्तिक २९ गते हुने जिल्ला स्तरीय आमसभा, मंसिर ६ गते काठमाडौंमा आयोजना हुने केन्द्रीय जनप्रदर्शन र आगामी महाधिवेशनका प्रचारप्रसारको तयारीको रूपमा पनि रहने बताइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ९ : ३३ बजे

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी