१६ माघ २०८२, शुक्रबार | January 30, 2026

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार



काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्ट लिमिटेडले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजालसले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले उक्त विषयमा छलफलका लागि यही कात्तिक ३० गते दुवै पक्षलाई बोलाएको छ ।

महसुल विवादका कारण नेपाल विद्युत् प्राधिकरणले उद्योगमा लाइन काटेको थियो । लाइन काटिँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएर आफूलाई अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो ।

प्राधिकरणले उक्त सिमेन्टको रु ४४ करोड बक्यौता भुक्तानी गर्न बाँकी रहेको भन्दै लाइन काटेको थियो । उद्योगको लाइन काटेपछि उत्पादन बन्द भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ९ : २५ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र