काठमाडौं । ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेका नेता डा।.भीम रावल अब प्रचण्ड-माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।
नेकपा (एमाले) बाट निस्किएपछि रावलले देशव्यापी रूपमा ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्दै आएका थिए । उनलाई पार्टीमा स्वागत गर्न नेपाली कम्युनिस्ट पार्टीले आज (मंगलबार) औपचारिक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने बताइएको छ, जहाँ पार्टीका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत नेताहरूको उपस्थितिमा रावललाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिनेछ ।


















प्रतिक्रिया