काठमाडौं । एमाले अध्यक्ष केपी ओलीसँगको मतभिन्नता पछि नेकपा एमालेबाट अलग भएर बसेका भीम रावल औपचारिक रुपमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । एमाले परित्यागपछि ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका उनी आजबाट नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका हुन् ।
पार्टीमा समाहित हुनका लागि नेकपा संयोजक प्रचण्ड र रावलबीच सात बुँदे सहमति भएको छ । आज उनीहरुबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर रहेको छ ।
आजै राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गर्दै एकताको औपचारिक घोषणा गरिने जनाइएको छ ।



















प्रतिक्रिया