१३ भदौ २०८३, शनिबार | August 29, 2026

एमाले छाडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउँछन् : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओली बाहेक नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।

बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर लगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले अध्यक्ष ओलीले हावादारी कुरा गर्ने बताउँदै ओली बाहेकका एमाले नेताहरु एमाले छाडेर नेपाली कम्युनिष्ट पार्टीमा आउने दाबी गरे ।

‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ, केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्,’ प्रचण्डले भने।

गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरुले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन्।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : ५४ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक