५ माघ २०८२, सोमबार | January 20, 2026

राजनीतिभित्रको दलालीकरण र भ्रष्टीकरण अन्त्य गर्नु पहिलो कर्तव्य होः सहसंयोजक नेपाल



काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक क्षेत्रमा देखिएको अपराधीकण, व्यापारीकरण, दलालीकरण, ठेकेदारीकण र भ्रष्टीकरणको समस्या सुधार्नु राजनीतिको पहिलो कर्तव्य भएको बताएका छन् ।

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको सङ्गठनात्मक एकीकरणसभालाई आज सम्बोधन गदै उनले देशमा सुधार ल्याउने हुटहुटी पूरा गर्न आवश्यक सङ्कल्प लिएर अघि बढ्नुपर्ने बताए ।

सहसंयोजक नेपालले राजनीतिप्रति देखिएको जनताको वितृष्णाका बारेमा समीक्षा गर्नुपर्नेमा जोड दिँदै पार्टी र नेता तथा कार्यकर्ताभित्र झाङ्गिएको विकृति र विसङ्गति सुधार गरेर जानुपर्ने बताए । “विगत विर्सियौँ भने पूरानै अवस्था दोहोरिन बेर लाग्दैन”, उनले भने ।

नयाँ क्रान्तिकारी सङ्कल्प बोकेको पार्टी निर्माण गर्ने अभियान सुरु भएको जानकारी दिँदै उनले आफूभित्रको कमजोरी सुधार्ने प्रतिबद्धता अहिलेको आवश्यकता भएको बताए ।

“नेकपालाई क्रान्तिकारी चरित्र, देश र जनताप्रति इमान्दार र समर्पित भएका योद्धाको पार्टी बनाउनुपर्छ”, सहसंयोजक नेपालले भने, “परिवर्तन यत्तिकै हुनेवाला छैन, यो आफैँबाट सुरु गर्नुपर्छ । अनेक खालका भड्काउबाट मुक्त हुनुपर्छ । जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।” पार्टीभित्रको अनुशासन अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै उनले आफूलाई लागेका कुरा कमिटीमा राख्नुपर्ने बताए ।

जेनजी पुस्ताले व्यवस्था परिर्वतन नभई अवस्था परिवर्तनको माग उठाएको जनाउँदै उनले यस पार्टीले मात्रै जेनजीको आशा र भरोसा पूरा गर्ने दाबी गरे । “जनताको अवस्थामा परिवर्तन गर्नुपर्नेछ । जनताको पीडा वेदना र युवाको आवश्यकता सम्बोध गर्ने नीति लिनुपर्छ, नेपाली विशेषतको वैज्ञानिक समाजवादको कार्यक्रम अघि सार्नुपर्छ”, सहसंयोजक नेपालले भने ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ५ : ४९ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच