२३ चैत्र २०८२, सोमबार | April 6, 2026

वाम एकता चुनावी स्वार्थका लागि नभई राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता : संयोजक प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको वाम एकता चुनावी स्वार्थका लागि नभई राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता स्वरूप गरिएको स्पष्ट पारेका छन्।

बुधबार भीम रावल लगायतका नेताहरुलाई पार्टीमा भित्र्याउन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले भएको एकता कुनै ट्याक्टिकल एकता नभएर जनताको आत्मसम्मान र भौगोलिक अखण्डता जोगाउन भएको बताए । ‘आज नेपाल असाधारण संकटमा छ,’ प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय स्वाधिनता, जनताको आत्मसम्मान र भौगोलिक अखण्डता इतिहासकै ठूलो चुनौतीमा परेका छन्। त्यसैले यो कुनै ट्याक्टिकल एकता होइन, न त चुनाव जित्नकै लागि गरिएको एकता हो।’

प्रचण्डले सुगौली सन्धिपछि नेपाल यति गम्भीर संकटमा कहिल्यै नपरेको जिकिर गर्दै संकटबाट देश जोगाउन वाम शक्तिहरूबीचको एकता अपरिहार्य बनेको बताए । उनले राष्ट्रको सार्वभौमिकता र जनताको आत्मनिर्णयको अधिकार जोगाउन कम्युनिस्ट एकता अत्यावश्यक भएको बताए।

उनले जनजी आन्दोलनले आफुहरुको एकतालाई प्रेरणा दिएको बताए। ‘जेनजी आन्दोलनका युवाहरूले भ्रष्टाचार, असमानता र सरकारको ज्यादतिविरुद्ध आवाज उठाउँदै हामीलाई पनि आत्मसमीक्षा गर्ने अवसर दिए। उनीहरूको त्यही दबाबले हामीलाई एकताप्रति गम्भीर बनायो,’ प्रचण्डले भने।

उनले एमालेमा रहेका नेता–कार्यकर्तालाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन आह्वान पनि गरे। उनले एमालेभित्रका इमानदार, देशभक्त, वामपन्थीहरूलाई विशाल शक्ति निर्माण गर्ने महान् उद्देश्यसहितको एकीकरण प्रक्रियामा सामेल हुन आह्वान गरे ।

उनले अघिल्लो पटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच भएको एकता केपी ओलीको अहङ्कार र दम्भले विघटन भएको आरोप लगाए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ६ : ०९ बजे

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ