१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

वाम एकता चुनावी स्वार्थका लागि नभई राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता : संयोजक प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको वाम एकता चुनावी स्वार्थका लागि नभई राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता स्वरूप गरिएको स्पष्ट पारेका छन्।

बुधबार भीम रावल लगायतका नेताहरुलाई पार्टीमा भित्र्याउन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले भएको एकता कुनै ट्याक्टिकल एकता नभएर जनताको आत्मसम्मान र भौगोलिक अखण्डता जोगाउन भएको बताए । ‘आज नेपाल असाधारण संकटमा छ,’ प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय स्वाधिनता, जनताको आत्मसम्मान र भौगोलिक अखण्डता इतिहासकै ठूलो चुनौतीमा परेका छन्। त्यसैले यो कुनै ट्याक्टिकल एकता होइन, न त चुनाव जित्नकै लागि गरिएको एकता हो।’

प्रचण्डले सुगौली सन्धिपछि नेपाल यति गम्भीर संकटमा कहिल्यै नपरेको जिकिर गर्दै संकटबाट देश जोगाउन वाम शक्तिहरूबीचको एकता अपरिहार्य बनेको बताए । उनले राष्ट्रको सार्वभौमिकता र जनताको आत्मनिर्णयको अधिकार जोगाउन कम्युनिस्ट एकता अत्यावश्यक भएको बताए।

उनले जनजी आन्दोलनले आफुहरुको एकतालाई प्रेरणा दिएको बताए। ‘जेनजी आन्दोलनका युवाहरूले भ्रष्टाचार, असमानता र सरकारको ज्यादतिविरुद्ध आवाज उठाउँदै हामीलाई पनि आत्मसमीक्षा गर्ने अवसर दिए। उनीहरूको त्यही दबाबले हामीलाई एकताप्रति गम्भीर बनायो,’ प्रचण्डले भने।

उनले एमालेमा रहेका नेता–कार्यकर्तालाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन आह्वान पनि गरे। उनले एमालेभित्रका इमानदार, देशभक्त, वामपन्थीहरूलाई विशाल शक्ति निर्माण गर्ने महान् उद्देश्यसहितको एकीकरण प्रक्रियामा सामेल हुन आह्वान गरे ।

उनले अघिल्लो पटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच भएको एकता केपी ओलीको अहङ्कार र दम्भले विघटन भएको आरोप लगाए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ६ : ०९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले