२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीका सम्बन्धमा आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीसमेतसँग छलफल गरेकी हुन् ।

आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्याङ्कनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी गराएको छ ।

आयोगमा दर्ता रहेका र कम्तीमा वडा सदस्यसम्म विजय भएका दलसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । बरु विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएको कारण विगतमाभन्दा अझै सहज वातावरण बन्दै गएको भण्डारीको भनाइ थियो ।

आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुनेक्रम पनि उत्साहजनक रहेको बताउँदै उनले तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव रहेको र आयोग यसका लागि सक्षम आयोगले आफ्नोे अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको, जनशक्ति बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको जनाएको छ ।

यस्तै राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्र वितरणका लागि सङ्कलन गरेको जैविक तथ्याङ्क निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताए ।

आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्दैछ । यसका लागि आज रातभरिमा प्राविधिक तयारी र परीक्षणका सबै काम गरिसक्ने आयोगले जनाएको छ

निर्वाचनका लागि हालसम्म २२ वटा राष्ट्रिय र दुई वटा अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि आवेदन दिएका छन् । यस्तै निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको र अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको आयोगले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्चको सीमा घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भन्ने विषयमा चासो राखेकी थिइन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : ४८ बजे

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का

प्रतिनिधिसभा बैठकअघि सर्वदलीय छलफल, नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक बस्नुअघि सर्वदलीय बैठक सेको

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि