६ माघ २०८२, मंगलबार | January 20, 2026

नेपाल वायु सेवा निगममा महाप्रबन्धकका लागि खुला दरखास्त आह्वान



काठमाडौं । नेपाल वायु सेवा निगमले रिक्त रहेको महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै निगमले आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले पन्ध्र दिनभित्र आफ्नो आवेदन पेश गर्न सक्ने जनाएको छ । इच्छुक उम्मेदवारले दरखास्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

यसअघि, प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे मन्त्रालयसँग प्रतिवेदन माग गरेकी थिइन् । उनले बुधबार पर्यटनमन्त्रीको रूपमा मन्त्रालयका सचिव हरि मैनालीलाई बोलाएर प्रक्रियाको विवरण प्रस्तुत गर्न निर्देशन दिएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले नै गत कात्तिक १४ गते निगममा महाप्रबन्धक नियुक्तिका लागि सचिव हरि मैनालीको संयोजकत्वमा छनोट समिति गठन गरेकी थिइन् । समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्यका रूपमा र मन्त्रालयको योजना तथा प्रशासन महाशाखाका प्रमुख सहसचिव सदस्यसचिवका रूपमा रहेका छन् ।

नेपाल वायु सेवा निगममा स्थायी महाप्रबन्धक नहुँदा व्यवस्थापनमा समस्या देखिएको भन्दै सरकारले यो प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  १० : २६ बजे

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौं ।नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत

गगन थापालाई कांग्रेस सभापतिका रूपमा काम गर्न सर्वोच्चको बाटो खुला

काठमाडौं । गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा मान्यता दिने निर्वाचन

पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहट-१ बाट गराए मनोनयन दर्ता

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले