२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

नेपाल वायु सेवा निगममा महाप्रबन्धकका लागि खुला दरखास्त आह्वान



काठमाडौं । नेपाल वायु सेवा निगमले रिक्त रहेको महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै निगमले आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले पन्ध्र दिनभित्र आफ्नो आवेदन पेश गर्न सक्ने जनाएको छ । इच्छुक उम्मेदवारले दरखास्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

यसअघि, प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे मन्त्रालयसँग प्रतिवेदन माग गरेकी थिइन् । उनले बुधबार पर्यटनमन्त्रीको रूपमा मन्त्रालयका सचिव हरि मैनालीलाई बोलाएर प्रक्रियाको विवरण प्रस्तुत गर्न निर्देशन दिएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले नै गत कात्तिक १४ गते निगममा महाप्रबन्धक नियुक्तिका लागि सचिव हरि मैनालीको संयोजकत्वमा छनोट समिति गठन गरेकी थिइन् । समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्यका रूपमा र मन्त्रालयको योजना तथा प्रशासन महाशाखाका प्रमुख सहसचिव सदस्यसचिवका रूपमा रहेका छन् ।

नेपाल वायु सेवा निगममा स्थायी महाप्रबन्धक नहुँदा व्यवस्थापनमा समस्या देखिएको भन्दै सरकारले यो प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  १० : २६ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई