२२ मंसिर २०८२, सोमबार | December 8, 2025

गुल्मीको आँपचौर-शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै



गुल्मी । आँपचौर-शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि-शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडकखण्डमा बिहान ७ः०० देखि ११ः०० बजेसम्म र दिउँसो १२ः०० देखि अपराह्न ५ः३० बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

यही कात्तिक २९ गतेदेखि लाग्ने चक्रेश्वरलाई दृष्टिगत गरी उक्त कार्यालयले सम्बद्ध सबैलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । उक्त सडक रु ५२ करोडको लागतमा स्तरोन्नति थालिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर तिलकबहादुर गाहाले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  १० : ५६ बजे

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता

नागढुङ्गा-नौबिसे सडक मङ्सिर २४ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे

मोबाइलदेखि कम्प्युटरसम्म, आँखादेखि कानसम्म : यी हुन् दलहरूका चुनाव चिह्न

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई