काठमाडौं । विश्वकप २०२६ को छनोटअन्तर्गत गएराति भएको खेलमा पोर्चुगल घरेलु मैदानमै आयरल्यान्डसँग २-० गोलले पराजित भएको छ । आयरल्यान्डका लागि ट्रोय प्यारटले नै निर्णायक भूमिका खेले । उनले खेलको १७ औँ र ४५ औँ मिनेटमा गोल गर्दै टीमलाई बलियो अग्रता दिलाए ।
दोस्रो हाफमा पोर्चुगलले कमब्याकको प्रयास गरे पनि ६१ औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डो रातो कार्ड खाँदै बाहिरिएपछि घरेलु टिम थप दबाबमा परेको थियो । खेलको बाँकी समय गोल फर्काउन नसक्दा पोर्चुगल पराजित हुन बाध्य भयो ।
यस जितपछि आयरल्यान्डको विश्वकप छनोटमा जाने सम्भावना अझै प्रबल बनेको छ । समूह ‘एफ’मा शीर्षस्थानमा रहेको पोर्चुगलले बाँकी खेल रोनाल्डो बिना नै खेल्नुपर्नेछ ।


















प्रतिक्रिया