४ पुस २०८२, शुक्रबार | December 19, 2025

भोजपुर-काठमाडौं हवाई उडान थपिँदा बिरामीलाई सहज



भोजपुर । नेपाल वायुसेवा निगमले भोजपुर-काठमाडौं हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट (प्रेषण) रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ । सातामा दुई वटा उडान भर्दै आएको निगमले सातामा चार वटा उडान भर्न थालेपछि बाह्यका अस्पतालमा रेफर गरिएका बिरामीलाई सहज भएको हो ।

यसअघि उडान कम हुँदा बाह्य अपस्तालमा बिरामी लैजान समस्या हुँदै आएको थियो । अकास्मिक अवस्थामा हेलिकोप्टरमार्फत बाहिर लैजानुपर्ने समस्या अन्त्य हुनुका साथै ठूलो आर्थिक भारसमेत हुँदै आएको भोजपुर नगरपालिका-१२ का स्थानीय पर्शुराम कार्कीले बताए ।

उडान थप भएपछि स्थानीय कम लागतमा काठमाडौंका अस्पतालमा पुगेर उपचार गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ ।

निगमले काठमाडौं-भोजपुर-काठमाडौं उडान तालिका थप गरेको निगमका भोजपुर शाखा प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार यही कात्तिक २६ गतेदेखि मङ्गलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान हुँदै आएको छ ।

प्राविधिक कारणले जहाजमा समस्या हुँदा यसअघि बिहीबार र शनिबार मात्र उडान हुँदै आएको थियो । निगमले यात्रुलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक ‘वेबसाइट’मार्फत अनलाइन टिकट खरिद गर्न सक्ने व्यवस्थासमेत गरेको छ ।

भोजपुरमा नेपाल वायु सेवा निगमको जहाजले मात्र उडान भर्दै आएको छ । जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई काठमाडौं, विराटनगर, धरानलगायत स्थानका अस्पताल जानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  २ : ०८ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह