२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

अत्याधिक दल दर्ताको होडले पुरानै भ्रष्ट नेतृत्व फर्कने खतरा : शिक्षामन्त्री पुन



काठमाडौं । शिक्षामन्त्री महावीर पुनले देशमा अत्यधिक दल दर्ता गर्ने प्रतिस्पर्धा बढ्दै गएपछि पुरानै भ्रष्ट र जालझेल गर्ने नेताहरू पुनः सत्तामा फर्कने सम्भावनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

पुनको भनाइमा, निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँगै थप ३२ दल दर्ता प्रक्रियामा हुनु नै राजनीतिक विभाजनको चरम रूप हो। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “फुटेर होइन, आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ।”

उनका अनुसार साना–साना विषयमा नेपालीहरू नमिल्नु र अनावश्यक रूपमा धेरै पार्टी दर्ता गर्न आतुर हुनुले देशलाई प्रतिगमनतर्फ धकेल्दै छ। यस्तो प्रवृत्तिले दशकौंसम्म जनता माथि अन्याय गर्ने, बृद्ध नेताको संरक्षणमा पलाएका पुरानै ‘जाली-फटाहा’ नेतृत्व पुनः सक्रिय हुने चेतावनी उनले दिए।

पुनले थप भने, “यस्तै चलेमा जेन-जी आन्दोलनको लक्ष्य कमजोर हुन्छ। अहिलेको मन्त्रीमण्डलले गरेका सकारात्मक सुधारात्मक कदम र निर्णयहरू, पुरानै पापी–भ्रष्टाचारी पार्टीहरू फेरि विजयी भए उल्ट्याइन्छन्।”

उनले राजनीतिक एकता, संयमता र विवेकपूर्ण निर्णयमै राष्ट्रको भविष्य सुरक्षित हुने भन्दै सबैलाई सचेत रहन आह्वान गरेका छन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : ३१ बजे

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, केपी ओली २५ हजारभन्दा बढी मतले पछि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर

चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको झिनो अग्रता, रास्वपाका गोविन्द पन्थी नजिकै

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

बाँके-३ मा रास्वपाका सुनार निर्वाचित

बाँके । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

इलाम-२ एमालेका नेम्वाङको अगाडि

इलाम । इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य