२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

नेपालगन्जमा सर्वाधिक कर तिर्ने वेष्टर्न अस्पताललाई कर कार्यालयको सम्मान



नेपालगन्ज । आन्तरिक राजश्व कार्यालय नेपालगन्जबाट आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी आयकर तिर्ने वेष्टर्न हस्पिटल प्रालिलाई सम्मान गरिएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगन्जले आज राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपालगन्ज कार्यालय मार्फत सबैभन्दा बढी कर तिर्ने वेष्टर्न हस्पिटल प्रालिलाई सम्मान गरिएको हो ।

कर दिवसको अवसरमा आयोजित कार्यक्रमका बीच बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले अस्पतालका संस्थापक संचालक डा विनोन कुमार थापालाई दोसल्ला ओढाएर सम्मान गरे।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले करदातामैत्री वातावरण बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले कर प्रणालीमा समयसापेक्ष सुधार आवश्यक रहेको पनि उल्लेख गरे ।

आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख न्यौपानेले प्रत्येक वर्ष कर उठ्ने क्रम क्रमशः वृद्धि भइरहेको उल्लेख गर्दै प्रविधिको उच्चतम प्रयोग गर्दै करदातालाई सहज वातावरण प्रदान गर्न राजश्व प्रशासन पतिबद्ध रहेको बताए ।

कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराई, उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तारा रोकाय, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आन्तरिक राजश्व कार्यालय नेपालगन्ज नेपालगन्जलाई बाँके र बर्दिया जिल्ला हेर्ने गरि को कार्य क्षेत्र तोकिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ९ : ५५ बजे

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको