१० भदौ २०८३, बुधबार | August 27, 2026

काठमाडौं अवतरण हुन नसक्दा नेपाल वायुसेवा निगमका जहाज अव भैरहवा ‘डाइभर्ट’ हुने



काठमाडौं । विभिन्न कारणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुन नसक्दा भारतका विमानस्थलहरुमा डाइभर्ट हुने गरेकोमा अवदेखि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेको अवस्थामा यसअघि भारतका विमानस्थलहरुमा डाइभर्ट हुने गरेकोमा निगमका विमानहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने भएको हो ।

हाल सम्म नेपालमा अवतरण हुन नसक्दा भारतको विमानस्थललाई आधार बनाई डाइभर्ट हुँदै आएकोमा अबदेखि भैरहवालाई वैकल्पिक विमानस्थलकारुपमा प्रयोग गरिने भएको हो ।

कुनै पनि कारणले डाइभर्ट गर्नुपर्ने अवस्थामा मंसिर ३ देखि लागू हुने गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्ने निगमबाट यही मंसिर १ मा निर्णय भएको निगमका प्रवक्ता अनिल घिमिरेले जानकारी दए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउँदा उल्लेखनीय खर्च कटौती भई समयको बचत हुने विश्वास निगमले लिएको प्रवक्ता घिमिरेले बताए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत वैकल्पिक विमानस्थल बनाई प्रयोग गर्नका लागि आवश्यक अध्ययनको प्रक्रिया थालनी गर्ने निर्णय भएको बताए।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : ३० बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट