६ श्रावण २०८३, बुधबार | July 22, 2026

एनपीएल : चितवनले फिल्डिङ रोजे, कर्णाली ब्याटिङमा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत मंसिर २ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोज र कर्णाली याक्सबीचको खेलमा चितवनले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । चितवनका कप्तान कुशल मल्लले टस जित्दै कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

यो खेल एनपीएलमा दुवै टोलीबीचको तेस्रो प्रतिस्पर्धा हो । पहिलो संस्करणमा चितवनले उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफ यात्रा तय गरेको थियो, तर कर्णालीसँग इलिमिनेटरमा २१ रनले पराजित हुनुपरेको थियो । त्यस्तै, लिग चरणमा पनि कर्णालीले चितवनलाई पाँच विकेटले हराएको थियो ।

त्रिवि मैदानमै आयोजना हुने एनपीएलको दोस्रो संस्करणमा पनि आठ टोली सहभागी छन् । ती टोलीमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स समावेश छन् ।

एनपीएलको दोस्रो संस्करणमा दुवै टोली राम्रो सुरुआत गर्ने लक्ष्यमा छन् । यसअघि कर्णालीले चितवनविरुद्धको दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको हुँदा आजको खेलमा पनि दुवै टोलीबीच रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ११ : ४८ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क