१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जिली इएक्स फाइभ ईभी अब बुटवलमा



बुटवल । चीनिया कम्पनी जीली अटो ग्रुपद्वारा उत्पादित ईभि गाडि जिली इएक्स फाईभ ब्राण्डका दुईवटा भेरियन्टको रुपन्देहीमा विक्रि शुभारम्भ गरिएको छ । आधुनिक डिजाइन, शक्तिशाली व्याट्रि प्रविधी र उत्कृष्ट पर्फमेन्सको कारण विश्वबजारमा उपभोक्ताहरुको मन जित्न सफल जिली इएक्स फाइभ म्याक्स र जिली इएक्स फाइभ प्रो दबै भेरियण्ट बुटवलमा ल्याईएको हो ।
जिली इएक्स फाइभको नेपालका लागि आधिकारिक आयातकर्ता एलआरआर मोर्टस यस क्षेत्रको आधिकारिक डिलर सोमार्जुन मोटस्ले सोमबारदेखि औपचारिक बिक्रि शुरु गरेको हो । रुपन्देहीको तिलोत्तमा(३ मा रहेको शोरुममा सोमबार आयोजना गरिएको कार्यक्रममा डिलरको उद्घाटन सहित नयाँ ब्राण्डका गाडिहरु एलआरआर मोर्टसका निर्देशक जीवनजंग शाही, सोमार्जुन मोटस्का सिईओ अर्जुन पाठक र नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले संयुक्त रुपमा सार्वजनिक गरे ।
सोही अवसरमा सोमार्जुन मोटस्ले आफ्ना दुईजना ग्राहकलाई जिली इएक्स फाडभ म्याक्स विक्रि गरेको छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष आलमले शोरुमको उद्घाटन र गाडिको लञ्चिङमै दुई वटा गाडिको विक्रिले जिली ब्राण्ड प्रति ग्राहको रुची उजागर गरेको बताए । त्यस्तै सोमार्जुनका सिईओ पाठकले ग्राहकहरूलाई विश्वस्त, आधुनिक र सुरक्षित इभि विकल्प प्रदान गर्ने उद्देश्यले जिली इएक्स फाइभ ल्याईएको बताउँदै इएक्स फाइभको गुणस्तर, प्राविधिक क्षमता र भरपर्दोपनाले यस क्षेत्रकै आकर्षक मोडल बनाउन सकिने दावी गरे ।
कार्यक्रममा एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाहीले जिली ब्राण्डको देशव्यापी विस्तारमा सोमार्जन मोटर्सजस्तो प्रतिबद्ध र सक्षम साझेदार महत्वपूर्ण रहेको बताए ।
ग्राहकलाई आधुनिक, सुरक्षित र भरपर्दो इलेक्ट्रिक एसयूभी स्थानीय स्तरमा पुर्याउने लक्ष्यलाई अझै मजबुद बनाएको बताए । उनले यस क्षेत्रमा विक्रि शुभारम्भसँगै सहज सेवा, गुणस्तरीय स्पेयर पार्टस, विक्रिपछिको सेवा पनि कम्पनीले सोमार्जुन मोटर्स मार्फत गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनका अनुसार नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, व्याट्रि क्षमता र मूल्यको दृष्टिले अन्य मोडलको भन्दा जिली इएक्स फाडभ प्रो र म्याक्स मोडलहरूको बढी प्रतिस्पर्धात्मक लाभ रहेको छ । यी मोडलहरू स्नो-ह्वाइट, फ्रोस्टी ग्रे मूनलाइट सिल्भर, कार्बन ब्ल्याकर टुक्र्वोइज ग्रिन गरि ५ कलरमा उपलब्ध छ । दुवै मोडलमा ६०.२ किलोवाट प्रतिघण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व. प्रभावकारीता र दिगोपनाको दष्टिकोणले उच्चस्तरीय मानिन्छ ।
गाडी निर्माता जिली अटो ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले आठ वटा निडल परिक्षण पास गरेसँंगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत भएको कम्पनीको दाबी छ । जसको आयु लगभग ९० लाख किमि अथवा ५० वर्ष रहेको छ भने कम्पनीले ८ वर्षको वारेन्टी दिएको छ । यसमा सिएलटिसी परीक्षण अनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको छ ।
त्यस्तै आन्तरिक भागमा १५.४ इन्चको टच स्कृन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिड, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ । यो मोडलमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी. ब्लाइन्ड स्पट मोनिटरिड, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन् । नेपाली बजारका लागि इएक्स फाइभ प्रो को मल्य ५८ लाख रुपैंया र म्याक्सको मुल्य ६६ लाख रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : ०९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा