१३ भदौ २०८३, शनिबार | August 29, 2026

‘निर्वाचन गराउने जिम्मेवारी सरकारको, सफल तुल्याउने दायित्व दलको’



काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरुले चुनावमा भाग लिएर निर्वाचनलाई सफल तुल्याउन आह्वान गरेका छन् । दल दर्तापछि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा दलका नेताहरुले स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष ढङ्गले निर्वाचन गराउने जिम्मेवारी सरकारको भए पनि त्यसलाई सफल तुल्याउने दायित्व भने राजनीतिक दल स्वयम्कै भएको स्पष्ट पारे ।

नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले निर्वाचनमा भाग लिएर मतदाताको मन जित्न राजनीतिक दलहरुलाई आह्वान गरे । “सबै राजनीतिक दलले शान्तिपूर्ण तवरले निर्वाचनमा भाग लिऔँ र सफल बनाऔँ । बढीभन्दा बढी मतदाताको मत लिन कोसिस गरौँ”, उनले भने ।

मुलुकका विभिन्न राजनीतिक दलबीचको एकताबाट गठन भएको नेपाली कम्युनिष्ट पार्टीले केही दिनअघि मात्रै आयोगमा दल दर्ता गरेको थियो । आयोगले आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता गरिरहेको छ । आगामी माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

आयोगको सूचनाअनुसार आसन्न निर्वाचनमा भाग लिन दल दर्ता गरिएको जानकारी दिँदै नेता पाण्डेले अब आफ्नो पार्टी सम्पूर्ण गतिविधि निर्वाचन केन्द्रित हुने बताए ।

दल दर्ताका लागि आयोग पुगेका नेपाल मानवतावादी पार्टीका अध्यक्ष मेघबहादुर कामीले आगामी प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन आफूहरु आतुर रहेको बताए । “हामी मानवतावादी हौँ, विभेद, विकृति, बेथिति र भ्रष्टाचारको अन्त्य गर्ने तथा समुन्नत समाजको निर्माण गर्ने अभियानमा लागेका छौँ”, उनले भने । आफूहरुले मानवतावादी सिद्धान्त बोकेका कारण पनि जनताले मत हाल्ने उनको विश्वास छ ।

बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले आफ्नो निर्वाचन तयारीमा जुटिसकेको जनाउँदै सबै जिल्लामा उम्मेदवारी दिने बताए । मङ्गोल नेसनल अर्गनाइजेसनका अध्यक्ष सन्तोष तामाङले मुलुकलाई विकास र निकास दिने अभिप्रायका साथ निर्वाचनमा भाग लिन लागेको बताए । “लोकतन्त्र र धर्म निरपेक्षतालाई संस्थागत गर्न नसक्दा जनताले न्याय र अधिकार प्राप्त गर्न नसकेका हुन्”, उनले भने, “मानवअधिकार, शान्ति र सुशासन कायम गराउने हो भने आफ्नो दललाई मत दिन आह्वान गर्छु ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष लिमा अधिकारीले आफूहरु निर्वाचनका लागि उत्साहित रहेको जनाउँदै पार्टीका सम्पूर्ण गतिविधि निर्वाचन केन्द्रित भइरहेको बताए । “आगामी निर्वाचनमा वैकल्पिक शक्ति निर्णायक बन्ने अवस्था छ । विधिको शासन, नागरिक सर्वोच्चता, संविधानलाई पनि ठीक मार्गमा ल्याउन निर्वाचनमा होमिनुपर्छ । सबै राजनीतिक दल पनि यसै महाअभियानमा लाग्नुपर्छ”, उनले भने ।

दल दर्ता उत्साहजनक

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै १२ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगमा भर्खरै एकताको घोषणा गरेको नेपाली कम्युनिष्ट पार्टी र एकता घोषणा गर्ने क्रममा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) समेत एक दर्जन राजनीतिक दलले पहिलो दिनमै आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेस गरेका हुन् ।

आगामी निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका गर्न आयोग परिसरमा राजनीतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १ : ५१ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक