७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एनपीएलमा विराटनगरको कीर्तिमानी स्कोरस् पोखराविरुद्ध २२१ रनको विशाल लक्ष्य



काठमाडौं । लोकेश बम र मार्टिन गप्टिलको उत्कृष्ट अर्धशतकीय प्रदर्शनको बलमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा कीर्तिमानी २२१ रनको चुनौती पोखरा एभेन्जर्ससँग राखेको छ । यो एनपीएल इतिहासमै पहिलोपटक कुनै टिमले २०० रन कटाएर सर्वाधिक योगफल बनाएको इनिङ हो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनायो । यसअघि लुम्बिनी लायन्सले गत सिजन विराटनगरविरुद्ध १९१ रन बनाउँदै सर्वाधिक रनको कीर्तिमान बनाएको थियो, जुन आज विराटनगरले तोडिदिएको छ ।

ओपनर लोकेश बमले ४८ बलमा ७ छक्का र १ चौकाको मद्दतमा ७२ रन जोडे । यस्तै, न्युजिल्यान्डका पूर्व अन्तर्राष्ट्रिय ब्याटर मार्टिन गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि १३२ रनको शतकीय साझेदारी गर्दै विराटनगरलाई विशाल योगफलतर्फ डोहोर्याए। यो एनपीएल इतिहासमा दोस्रो विकेटका लागि बनेको सबैभन्दा ठूलो साझेदारी हो ।

अन्तिमतिर सुभव रन्जानेले १६ बलमा ३८ रनको तेज इनिङ खेल्दै विराटनगरको स्कोरलाई २२१ पुर्‍याए। बसिर अहमेदले १३ बलमा २३ रन र नारायण जोशीले ३ बलमा ११ रनको अविजित योगदान दिए ।

बलिङतर्फ पोखराका म्याट टेलरले २ विकेट लिए भने आकाश चन्द, सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान १-१ विकेट लिएका छन् । पोखराका सबै बलरले १० भन्दा बढी इकोनोमी दरमा रन खर्चेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ६ : ०७ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी