१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एनपीएलमा विराटनगरको कीर्तिमानी स्कोरस् पोखराविरुद्ध २२१ रनको विशाल लक्ष्य



काठमाडौं । लोकेश बम र मार्टिन गप्टिलको उत्कृष्ट अर्धशतकीय प्रदर्शनको बलमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा कीर्तिमानी २२१ रनको चुनौती पोखरा एभेन्जर्ससँग राखेको छ । यो एनपीएल इतिहासमै पहिलोपटक कुनै टिमले २०० रन कटाएर सर्वाधिक योगफल बनाएको इनिङ हो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनायो । यसअघि लुम्बिनी लायन्सले गत सिजन विराटनगरविरुद्ध १९१ रन बनाउँदै सर्वाधिक रनको कीर्तिमान बनाएको थियो, जुन आज विराटनगरले तोडिदिएको छ ।

ओपनर लोकेश बमले ४८ बलमा ७ छक्का र १ चौकाको मद्दतमा ७२ रन जोडे । यस्तै, न्युजिल्यान्डका पूर्व अन्तर्राष्ट्रिय ब्याटर मार्टिन गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि १३२ रनको शतकीय साझेदारी गर्दै विराटनगरलाई विशाल योगफलतर्फ डोहोर्याए। यो एनपीएल इतिहासमा दोस्रो विकेटका लागि बनेको सबैभन्दा ठूलो साझेदारी हो ।

अन्तिमतिर सुभव रन्जानेले १६ बलमा ३८ रनको तेज इनिङ खेल्दै विराटनगरको स्कोरलाई २२१ पुर्‍याए। बसिर अहमेदले १३ बलमा २३ रन र नारायण जोशीले ३ बलमा ११ रनको अविजित योगदान दिए ।

बलिङतर्फ पोखराका म्याट टेलरले २ विकेट लिए भने आकाश चन्द, सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान १-१ विकेट लिएका छन् । पोखराका सबै बलरले १० भन्दा बढी इकोनोमी दरमा रन खर्चेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ६ : ०७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले