१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एनपीएलमा आज काठमाण्डू गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा आज सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा काठमाण्डू गोर्खाज आफ्नो जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

प्रतियोगितामा काठमाण्डूको यो दोस्रो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले निराश बनाएको थियो ।

यता, सुदूरपश्चिको भने यो पहिलो खेल हो । यसअघि, यी दुई टिमले पहिलो संस्करणमा एकपटक एक-अर्काविरुद्ध प्रतिस्पर्धा गरेको थिए । लिग चरणको उक्त खेलमा सुदूरपश्चिमले काठमाण्डूविरुद्ध ७३ रनको सहज जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा हालसम्म तीन खेल सम्पन्न भइसक्दा काठमाण्डूसँगै चितवन राइनोज र विराटनगर किंग्सले जित निकालेका छन् । यता, साविक विजेता जनकपुरसँगै पोखरा एभेन्जर्स र कर्णाली याक्सले दोस्रो संस्करणको सुरुआत हारबाट गरेका छन् । प्रतियोगितामा लुम्बिनी लायन्सले भने अझै खेल्न बाँकी छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले