१२ माघ २०८२, सोमबार | January 26, 2026

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक



काठमाडौं । अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात पारेका छन् । बङ्गलादेशको राजधानी ढाकामा आयोजित २९औँ ओलम्पियाड प्रतियोगितामा सेन्ट जेभियर्स स्कुल, गोदावरीका कक्षा १० मा अध्ययनरत सौर्यम श्रेष्ठले नेपालका लागि उक्त पदक हात पारेका नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गत कात्तिक २० गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो ।

सोसाइटीले सन् २०१८ देखि अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा सहभागिता जनाउँदै आएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। उनका अनुसार नेपालले यसअघि सन् २०१९ र २०२३ मा पनि कास्य पदक प्राप्त गरेको थियो ।

नासोले अन्तरराष्ट्रिय खगोल ओलम्पियाड सहभागी हुनुपू्र्व नेपालमा राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाडको आयोजना गर्दै आएको छ । राष्ट्रिय ओलम्पियाडको छनोटमा परेका उत्कृष्ट विद्यार्थीले मात्र अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुन पाउने छन् । नेपालमा राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड सन् २०१४ देखि सुरु गरिएको हो ।

के हो एष्ट्रोनोमी ओलिम्पियाड ?

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक शैक्षिक प्रतियोगिता हो, जसले प्रारम्भिकस्तरमा प्रतिभा पहिचान गर्ने उद्देश्य राख्छ । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तरराष्ट्रिय प्रतियोगितामा सिफारिस गरिन्छ ।

सन् २०१४ देखि सञ्चालन हुँदै आएको ओलम्पियाडमार्फत हालसम्म तीन हजारभन्दा बढी विद्यार्थीले आफ्नो क्षमता परीक्षण गरिसकेका नासोका अध्यक्ष भट्टराईले जानकारी दिए । उनका अनुसार उत्कृष्ट ठहरिएका विद्यार्थी देश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयमा विज्ञान विषयमा अध्ययनरत छन् ।

ओलम्पियाड प्रतियोगिता कक्षा ८ देखि १२ सम्म अध्ययनरत १३–२० वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको हो । कनिष्ठ तथा वरिष्ठ विधामा विभाजन गरी नासोले सातै प्रदेशमा छनोट परीक्षा सञ्चालन गर्दै आएको छ । उत्कृष्ट विद्यार्थीलाई अन्तरराष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्दै आइएको नासोले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ११ : ५० बजे

म मधेस बुझ्न आएको हुँ : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौं । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा

स्थानीय उत्पादन र उद्यमशीलताले समृद्ध प्रदेशको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिनी प्रदेशमा जनप्रतिनिधिकै मत बदर

दाङ । लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा