३० भदौ २०८३, मंगलबार | September 15, 2026

बाराको सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्फ्यू लगाइयो



काठमाडौं । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारा जाने भएपछि सिमरामा जेनजीको नाममा युवाहरुले प्रदर्शन गरेका छन् ।

एमाले विरोधी प्रदर्शनकारी युवाहरुले पोखरेल र बस्नेत सिमरा विमानस्थल आउने भनेपछि विमानस्थलकै गेटमा पुगेर नारावाजी र गेट तोडफोड गरेका छन् । त्यसपछि एमाले कार्यकर्ताहरुसँग उनीहरुको झडप भएपनि स्थिति थप तनाबग्रस्त बनेको छ ।

बाराको परवानीपुरमा आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली काठमाडौंबाट जहाजमा सिमरा जान लागेका थिए । तर नेताहरु बारा नपुग्दै सिमरा बजारमा एमालेका कार्यकर्ताहरुसँग उनीहरुको झडप भएको हो ।

प्रदर्शनकारी युवाले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । प्रहरीले विमानस्थलमा आक्रमण नगर्न र सार्वजनिक सडक खाली गर्न चेतावनी दिएको छ ।

स्थिति थप बिग्रन नदिन प्रशासनले कर्फ्यू लगाएको छ । मध्यान्ह १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् । जीतपुर सिमरा उपमहानगरपालिका भित्र कर्फ्यु आदेश जारी गरिएको छ । प्रशानले गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १ : १५ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज