२ चैत्र २०८२, सोमबार | March 17, 2026

सभा रोक्ने सरकारले चुनाव गर्छ भन्ने भरोसा छैन : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सभामा रोक लगाउने सरकारले निर्वाचन गराउँछ भनेर पत्याउन नसक्ने बताएका छन् ।

बुधबार काठमाडौंमा एमाले स्थानीय विकास विभागद्वारा आयोजित भेलामा सम्बोधन गर्दै ओलीले अभिव्यक्ति नियन्त्रण गर्ने तथा रोक्ने सरकारले निर्वाचनको वातावरण बनाउँछ, निर्वाचन गर्छ भन्नेमा शंका व्यक्त गरेका हुन् । उनले राजनीतिक गतिविधिमाथि रोक लगिनु लोकतान्त्रिक प्रक्रियाको प्रतिकूल भएको बताए।

बाराको सिमरामा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई निषेध गर्ने गरी जेनजीको नाममा युवाहरुको प्रदर्शन र एमाले कार्यकर्तासँग झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । सोही विषयलाई जोड्दै ओलीले सरकारको नियतप्रति प्रश्न उठाएका हुन् ।

ओलीले भने, “बारामा हाम्रो युवा भेलामा जान हाम्रा नेताहरुलाई रोकियो । ५०–६० जना मान्छेआई ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराउँछन् ? यस्तो स्थितिमा चुनाव हुन्छ भन्छन्रु सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?”

यस्तै, ओलीले व्यवसायी दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको विषयमा पनि सरकारसँग जवाफ मागेका छन्। प्रसाईँको भिडिओ आएलगत्तै राति प्रहरी पठाएर पक्राउ गरिएको दाबी गर्दै उनले सरकारलाई सोधेका छन्, “सरकारसँग त्यो भिडिओको जवाफ छ कि छैन ? प्रधानमन्त्रीसँग छ कि छैनरु गृहमन्त्रीसँग छ कि छैन ? केवल पक्राउ गरेर समस्या समाधान हुन्छ?”

 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : ४४ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित