काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन् । प्रतियोगिताको रोमाञ्चक भिडन्त दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
लुम्बिनीको कप्तानी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सम्हालिरहेका छन् भने चितवन राइनोजको नेतृत्व युवा आलराउन्डर कुशल मल्लले गरिरहेका छन् ।
चितवनले पहिलो खेलमै कर्णाली याक्सलाई पराजित गर्दै दुई अंक सुरक्षित गरिसकेको छ । जितको आत्मविश्वासका साथ चितवन आजको खेलमा उत्रने तयारीमा छ । उता, लुम्बिनी लायन्सले आजको खेललाई उत्कृष्ट प्रदर्शनको सुरुवातका रूपमा लिन चाहने संकेत गरेको छ ।
एनपीएलको दुवै महत्त्वपूर्ण टिमबीचको आजको भिडन्तले प्रतियोगितामा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया