१३ भदौ २०८३, शनिबार | August 29, 2026

नेपाली कम्युनिष्ट पार्टी र जसपाका शीर्ष नेताबीच आज एकता वार्ता



काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकताको प्रयास तीव्र बन्दै गएको छ।

आज दुवै दलका शीर्ष नेताहरूबीच वार्ता हुन लागेको छ । यसअघि बुधबार दुवै दलका वार्ता टोली सदस्यहरुबीच छलफल भएको थियो । बुधबारको बैठक सकारात्मक भएका कारण सहमतिको खोजीमा बिहीबार शिर्ष नेताहरुको बैठक बोलाइएको हो । बैठक पेरिसडाँडामा बस्नेछ ।

प्रचण्डको नेतृत्वमा विभिन्न वामपन्थी घटकहरुलाई समेट्दै नेपाली कम्युनिष्ट पार्टी बनाइएपछि राई नेतृत्वको जसपा पनि एकता वार्ता प्रक्रियामा अघि बढेको थियो ।

बुधबारको वार्तामा नेकपातर्फबाट देव गुरुङ, बेदुराम भूसाल, शक्ति बस्नेत, गिरिराजमणि पोख्रेल, प्रमेश हमाल र प्रकाश ज्वाला सहभागी थिए। त्यसैगरी जसपाबाट वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्गवा र पर्शुराम बस्नेत सहभागी भएका थिए । जसपाभित्र भने नेपाली कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने विषयमा दुई धार रहँदै आएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ९ : २० बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक