२२ असार २०८३, सोमबार | July 6, 2026

सिमरामा आज पनि तनाव, स्थिति नियन्त्रणका लागि फेरि कर्फ्यू



काठमाडौं । बाराको सिमरा क्षेत्रमा बुधबारको झडपपछि बिहीबार पनि तनाव जारी रहेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

जेनजी समूहका युवाहरूले प्रदर्शन चर्काएपछि बिहीबार दिउँसो १२स्४५ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यू लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बिहीबार बिहान ११ बजेबाट नै सिमरा चोकमा जेनजी नाममा युवाहरू सडकमा उत्रिएर प्रदर्शन गर्दै आएका थिए। भीड नियन्त्रणका क्रममा प्रहरीले सामान्य बल प्रयोग गरे पनि उल्टै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति झनै बिग्रिएको थियो।

स्थिति नियन्त्रणमै नसकिएपछि प्रशासनले पथलैयादेखि दक्षिण जीतपुरको ललका पुलसम्म, राजमार्गको ५०० मिटर दायाँबायाँ तथा विमानस्थल क्षेत्रको ५० मिटर आसपासका क्षेत्रमा कर्फ्यू लागू गरेको हो।

प्रदर्शनका कारण सिमरा क्षेत्रमा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ। प्रदर्शनकारीले सिमरा चोकमा टायर बालेर विरोध जारी राखेका छन्।

जेनजी समूहका युवाहरूले आफूहरूलाई कुटपिट गर्ने एमाले नेता तथा कार्यकर्तालाई पक्राउ नगरिएको भन्दै आज पनि ठूलो संख्यामा सिमरा बजार क्षेत्रमा प्रदर्शन गरे। स्थितिलाई नियन्त्रणमा ल्याउन खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुवैतर्फ केही व्यक्तिहरू सामान्य घाइते भएका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  १ : ३० बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ