काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पाँचौँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोजेका हुन् ।
चितवन राइनोजको यो दोस्रो खेल हो । यसअघि चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरिसकेको छ । लुम्बिनी लायन्स भने आजको खेलमार्फत् आफ्नो अभियान सुरु गर्दैछ ।


















प्रतिक्रिया