२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य, रवि बोपाराको अर्धशतक



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रन जोड्यो ।

सुरुवाती तीन विकेट सस्तैमा गुमाउँदा चितवनको ब्याटिङ लाइनअप दबाबमा परेको थियो । तर रवि बोपाराले इन्निङ सम्हाल्दै उत्कृष्ट अर्धशतक प्रहार गरे। उनले ५५ बलमा ४ चौका र ३ छक्कासहित ६६ रन बनाए । यो सिजनमा बोपाराको दोस्रो अर्धशतक हो ।

ओपनर दीपक बोहोरा र डेविड मलान सस्तामा आउट भए । तेस्रो नम्बरमा आएका देव खनालले १९ बलमा १४ रन मात्र बनाए । कप्तान कुशल मल्लले १८ बलमा २१ रन जोडेर फर्किए । सैफ जैबले ७ बलमा १५ रन प्रहार गरे। बाँकी ब्याटरहरूको प्रदर्शन उल्लेखनीय हुन सकेन ।

लुम्बिनी लायन्सतर्फ बलिङमा रुबेन ट्रम्पेलम्यान उत्कृष्ट रहे । उनले डेविड मलान, कुशल मल्ल र सैफ जैबका विकेट लिए । अभिषेकले ओपनर दीपक बोहोरा र देव खनाललाई पभेलियन फर्काए । गुलबदिन नैबले चार ओभरमा २ विकेट लिए, जसमा सर्वाधिक रन बनाउने रवि बोपारालाई समेत समावेश गरेका थिए । सोहेल तन्वीर पनि उनीकै बलमा आउट भए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ६ : १० बजे

तापक्रममा वृद्धि, भैरहवामा ४१, नेपालगन्जमा ३९, काठमाडौँमा पनि बढ्यो

काठमाडौँ । नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै

चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयमा रुपन्देहीको वर्चश्व

काठमाडौँ । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा

चोरी भएका सवारीसाधन हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४०

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

मुस्ताङ । यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ