१६ माघ २०८२, शुक्रबार | January 30, 2026

जगदम्बा मोटर्सद्वारा नयाँ मोडलका दुई मोटरसाइकल बुटवलमा सार्वजनिक



बुटवल । जगदम्बा मोटर्सले नेपाली बजारमा टिभिएसका नयाँ दुई बाइक सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सको यस क्षेत्रको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल बुटवल मिलनचोकले टिभिएस अपाचे आरटिआर १६० टु भी एफआइबि ५६ र टिभिएस राइडर आइजीओ मोटरसाइकल बिहीबार लञ्च गरेको हो ।

दुवै बाइकको नेपाल अटो टे«ड युनियनका अध्यक्ष कृष्ण घिमिरे र युनियनका सचिव महेश श्रेष्ठ सार्वजनिक गरे । सो अवसरमा बोल्दै घिमिरेले दुवै मोटरसाइकलले शक्ती शैली र सुविधामा नयाँ स्तर ल्याउने बताए ।

बालाजी अटोमोबाइल बुटवलका म्यानेजिङ डाइरेक्टर विशाल जैसवालले बाइकमा १५९.७ सिसी एफ आई इन्जिन, एरोडाइनामिक, र आक्रामक युरोपेली डिजाइन, आफ्नो सेग्मेन्टमा पहिलो पटक जीवनभरको वारेन्टी, रेस टुयुन सस्पेन्सन एबिएस डिजिटल कन्सोल, राइड मोडस रहेको बताए ।

अटोमोबाइलका सेल्स रिजनल अफिसर नवीन शाहीले टिभिएस राइडर आइजीओ नयाँ पुस्ताका राइडरहरुलाई लक्षित गर्दै ल्याइएको राइडर स्टाइल, परफमेन्स दुवै चाहनेका लागि आदर्श विकल्प रहेको बताए ।

१२४ सिसी इन्जिन, पावर र माइलेज दुवैमा उत्कृष्ट, एलइडी हेडलाइट, आधुनिक टयांक, डिजाइन र पूर्ण डिजिटल क्लस्टर, सीट मुनि स्टोरेज, एडभान्स राइड मोडस र कनेक्टिभिटी फिचर, दैनिक यात्रा स्टाइल र रोमाञ्च खोज्ने युवहरुको लागि उत्तम छनौट रहेको शाहीले बताए ।

दुवै मोडलले टिभिएस ब्राण्डको नवप्रवर्तन, गुणस्तर र ग्राहकप्रतिको प्रतिबद्धतालाई अझ मजबुद बनाउने विश्वास जैसवालले लिए । मोटरसाइलको मूल्य ३ लाख ९ हजार ९०० र ३ लाख ४७ हजार ९९ रुपैयाँ रहेको छ । कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ७ : २१ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य