७ आश्विन २०८३, बुधबार | September 23, 2026

टिभिएसका दुई नयाँ मोटरसाईकल बुटवलमा लन्च



बुटवल । जगदम्बा ग्रुपको बालाजी आटो मोबाईल्स बुटवल मिलनचौकमा टिभिएस कम्पनीका दुई वटा मोटरसाईकल चल्न गरिएको छ । आईतबार एक काएक्रमको आयोजना गरी नाटुका पुर्व केन्द्रीय अध्यक्ष जीवन अधिकारी, नाडाका प्रदेश सचिव रामु बेल्बासे बालाजी अटोबोईल्सका सञ्चालक बिशाल जैशवाल लगायतले संयुक्त रुपमा मोटरसाईकल लन्च गरेका हुन । टिभिएस रोनिन र आपाचे आरटीआर १६० भीफोर एफआईको सफल लन्च गरिएको हो ।

टिभिएस रोनिनमा नेपाली राईडरहरुलाई लक्षित गरि असाधारण सुविधाहरू समेटिएको कम्पनीको दावि छ । टिभिएस रोनिनमा २२५ सीसीमा चार ओटा भल्भ, एकल सिलिन्डर इन्जिन रहेको छ जसले २०.४ पीएस ७७५० आरपीएम सम्मको अधिकतम पावर र १९.९ एनएम ३७५० आरपीएम पीक पावरको रहेको छ । अपाचे आरटीआर १६० भी फोर एफ आइको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थप फिचरपनि उपलब्ध गराएको हो ।

सर्वाधिक शक्तिशाली फ्युल इन्जेक्टेड १५९.७ सीसी इन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टीभीएस स्मार्टकनेक्ट र ग्लाइड थ्रो प्रविधि लगायत विशेषता सुसज्जित स्पोर्ट्स मोटरसाइकल टीभीएस आपाचे आरटीआर १६० अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्ट जस्ता प्रविधिहरू रहेको कम्पनीको दावि छ ।

बुटवलमा आयोजना गरिएको कार्यक्रममा टिभीएसका रिजनल म्यानेजर धनिराम भुषाल, एओजी लुम्बिनी मार्सल आयुष नेपाल, टिभीएका ईश्वरी पौडेल लगायतले बोलेका थिए । नाटुका पुर्व केन्द्रीय अध्यक्ष जीवन अधिकारीले बिक्रि पछि त्यसको स्पेयर्सपाट्स र मर्मत संहार उचित हुनुपर्ने बताउँदै सफलताको शुभकामना दिए ।

जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक हो । कम्पनी शंकर समूहद्वारा संचालित छ यो शंकरलाल अग्रवालद्वारा सन् १९७९ मा विविध अपरेटिङ कम्पनीहरूको एकीकरणका साथ शंकर समूहको स्थापना भएको थियो । जगदम्बा मोटर्स प्रा. लिमिटेडको १४० भन्दा बढी घछ डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाण्डौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ५ : १५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११