१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रुपन्देहीको पडसरीमा मनमित ग्रुपद्वारा अत्याधुनिक ‘ट्याक्टर हस्पिटल’ सञ्चालनमा



बुटवल । डेढ दशकदेखि रुपन्देहीलाई आधार बनाएर व्यवसायिक यात्रा अघि बढाउँदै आएको मनमित ग्रुपले अत्याधुनिक ‘ट्याक्टर हस्पिटल’ सञ्चालनमा ल्याएको छ । भैरहवा र बुटवललाई केन्द्रमा पारेर रुपन्देहीको ओमसतिया-२, पडसरीमा शुक्रबारदेखि सेवा सुरु गरिएको हो । संस्थाकी निर्देशक विष्णुमाया पोखरेल सिंहले रिबन काटी ग्यारेजको औपचारिक उद्घाटन गरेकी हुन् ।

मनमित ग्रुपका अध्यक्ष उदयकुमार सिंहका अनुसार आधुनिक प्रविधि र उपकरणको प्रयोग गर्दै ट्याक्टरका सम्पूर्ण समस्याको समाधान एकै स्थानबाट उपलब्ध गराउने लक्ष्यका साथ ग्यारेज स्थापना गरिएको हो । ७ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको यस ग्यारेजमा फराकिलो स्पेस, सेवाग्राहीका लागि व्यवस्थित विश्राम कक्ष तथा सहज पार्किङको व्यवस्था छ । रुपन्देहीसहित पाल्पा, नवलपरासी र कपिलवस्तु क्षेत्रमा अन-स्पट सेवा उपलब्ध गराइने अध्यक्ष सिंहले बताए ।

ग्यारेजमा एकैपटक ६ वटा ट्याक्टर मर्मत गर्न सकिने सुविधा रहेको छ । आधुनिक उपकरणको प्रयोग भएकाले कम समयमै कम जनशक्तिमा मर्मत सम्भार गर्न सकिने कम्पनीको दाबी छ । हाल आठ जना प्राविधिकले सेवा दिइरहेकाले भविष्यमा आवश्यकताअनुसार जनशक्ति थप गरिने जानकारी दिइयो । आवश्यक परे निःशुल्क विश्राम स्थलको व्यवस्था पनि राखिएको छ ।

उद्घाटन समारोहमा लुम्बिनी ट्याक्टर समितिका कार्यबहाक अध्यक्ष कृष्णप्रसाद भुसाल, पाल्पा ट्याक्टर समितिका अध्यक्ष विष्णु बहादुर कार्कीलगायतले बोल्दै व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । उनीहरूले मर्मत गर्ने क्रममा केही ग्यारेजहरूमा ग्राहकबाट पार्ट्सको मूल्य बढी लिने प्रवृत्ति रहेको उल्लेख गर्दै ट्याक्टर हस्पिटलले पारदर्शी सेवा प्रदान गर्ने अपेक्षा व्यक्त गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी सहायक निरीक्षक दुर्गा भट्टले यातायात सुरक्षासम्बन्धी सचेतना दिँदै सवारीसाधन तथा मेसिनरी उपकरण समयमै मर्मत गर्नुपर्नेमा जोड दिए ।

मनमित श्री ट्रेडिङ, पिस लुम्बिनी इन्टरनेशनल कम्पनी प्रा.लि. र ओम स्वस्तिक ट्रेडिङ एन्ड सप्लायर्सको संयुक्त पहलमा गठन भएको मनमित ग्रुपले नेपालमै पहिलोपटक यस्तो आधुनिक ट्याक्टर हस्पिटल सञ्चालनमा ल्याएको हो । मनमित श्री ट्रेडिङ शक्तिमान ब्रान्डका कृषि उपकरणहरूको लुम्बिनी प्रदेशका लागि आधिकारिक विक्रेता हो भने ओम स्वस्तिक कपिलवस्तुमा मनमित तथा पिस लुम्बिनीका सामग्री वितरण गर्दै आएको छ । पिस लुम्बिनी इन्टरनेशनल कम्पनी भने पाल्को लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता हो ।

मनमित ग्रुपका शाखा कार्यालय कपिलवस्तुको चन्द्रौटा र धनुषाको जनकपुरधाममा सञ्चालनमा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा