१८ श्रावण २०८३, सोमबार | August 3, 2026

आज काठमाडौंमा एमालेको बृहत जनप्रदर्शन र जनसभा



काठमाडौं । नेकपा एमालेले आज राजधानी काठमाडौंमा बृहत जनप्रदर्शन तथा जनसभा गर्न लागेको छ । बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन र जनसभा हुने एमालेले जानकारी दिएको छ ।

एमाले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएको छ । साथै सुशीला कार्की नेतृत्वमा बनेको सरकार असंवैधानिक प्रक्रियाबाट गठन भएको आरोप लगाउँदै पार्टीले निरन्तर विरोध कार्यक्रम गर्दै आएको छ ।

यसअघिका चरणमा एमालेले कात्तिक २२ गते देशभर वडास्तरीय भेला, २५ गते अधिकांश स्थानीय तहमा जनप्रदर्शन र र्‍याली तथा कात्तिक २९ गते जिल्लास्तरीय प्रदर्शन सम्पन्न गरिसकेको थियो । आजको काठमाडौंको बृहत प्रदर्शनलाई आन्दोलनको महत्वपूर्ण चरणको रूपमा हेरिएको छ ।

यस्तै, एमालेले मंसिर ५ गते सिन्धुलीका पुष्पराज श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय ‘नेशनल भोलेन्टियर्स फोर्स’ (एनभीएफ) गठन गरिएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : ५६ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल