काठमाडौं । नेकपा एमालेले आज राजधानी काठमाडौंमा बृहत जनप्रदर्शन तथा जनसभा गर्न लागेको छ । बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन र जनसभा हुने एमालेले जानकारी दिएको छ ।
एमाले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएको छ । साथै सुशीला कार्की नेतृत्वमा बनेको सरकार असंवैधानिक प्रक्रियाबाट गठन भएको आरोप लगाउँदै पार्टीले निरन्तर विरोध कार्यक्रम गर्दै आएको छ ।
यसअघिका चरणमा एमालेले कात्तिक २२ गते देशभर वडास्तरीय भेला, २५ गते अधिकांश स्थानीय तहमा जनप्रदर्शन र र्याली तथा कात्तिक २९ गते जिल्लास्तरीय प्रदर्शन सम्पन्न गरिसकेको थियो । आजको काठमाडौंको बृहत प्रदर्शनलाई आन्दोलनको महत्वपूर्ण चरणको रूपमा हेरिएको छ ।
यस्तै, एमालेले मंसिर ५ गते सिन्धुलीका पुष्पराज श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय ‘नेशनल भोलेन्टियर्स फोर्स’ (एनभीएफ) गठन गरिएको घोषणा गरेको थियो ।


















प्रतिक्रिया